
धनगढी : स्वस्तिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा लायन्स क्लब अफ धनगढी खप्तडले २६ पिण्ट रगत सङ्कलन गरेको छ। शनिवार धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालीटी हस्पिटल प्रा.लि. (स्वस्तिक अस्पताल) मा आयोजित रक्तदान कार्यक्रममा विभिन्न रगत समूहका २६ जनाले रगत दान गरेका हुन् ।
“जीवनको उपहार दिनुहोस्, रक्तदान गर्नुहोस्” भन्ने मूल नाराका साथ लायन्स क्लब अफ धनगढी खप्तडले आयोजना गरेको उक्त कार्यक्रमका लागी स्वस्तिक अस्पतालले एसी सहितको हल उपलब्ध गराएको थियो ।
लायन्स क्लब अफ धनगढी खप्तडको मुख्य काम नै सेवा गर्नु रहेकोले यो बर्षादको समयमा हुने रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको क्ललबका अध्यक्ष श्याम जोशीले बताउनु भयो।












