डडेल्धुरा,जोगबुढा : जिल्लाको भित्रिमधेशमा पर्ने एक मात्र सुवधा सम्पन्न परशुराम पोलिक्लिनिक आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका बिरामीहरुको साहारा बनिरहेको छ।
२०७६ सालमा स्थापना भएको निजि लगानिमा सञ्चालित परशुराम पोलिक्लिनिकले स्वास्थ्य सेवालाई प्रभावकारी र थप गुणस्तरिय बनाएको छ । पोलिक्लिनिकले जनताको अबस्था र अहिलेको आर्थिक मन्दि लाई मध्यनजर गरि सेवा शुल्क, टिकट शुल्क, वेड शुल्क , ड्रेसिङ शुल्क ,ल्यावशुल्क घटाएको सञ्चालक दिनेश प्रशाद जोशिले बताउनु भयो ।
जोशिले भने,’ ‘जनताको स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउदैँ अझ विस्वासनिय सेवा प्रदान गर्न हरेक शुल्क घटाएको र सेवा प्रभावकारी बनाउन भरपुर प्रयास गरिरहेको सुनाए।’ यस ठाँउका जनताको स्वास्थ्यको उपचारलाई मध्येनजर गर्दै अब पोलिक्लिनिकलाई अस्पतालमा रुपान्तरित गर्ने योजना रहेको पनि जोशिले बताए।
क्लिनिकले सेवा शुल्क देखि सबै शुल्क घटाएपछि बिरामीहरुलाई निकै सहज भएको स्थानियहरु बताउछन्।
धनगढीमा पाउने सेवासुबिधा हामिले आफ्नै घर नजिक पाउदा नकै हर्षित भएको एक बिरामिले बताए।
यस पोलिक्लिनिकमा डडेल्धुरा जिल्लाको जनसंख्या मध्ये आधा जनसंख्या भित्रि मधेशका दुई पालिका आलिताल गाँउपालिका र परशुराम नगरपालिकाका बिरामिहरु आउने गरेका छन्।
दैनिक जसो यहाँ २० देखि ४० जना सम्म बिरामिहरुको उपचार भइरहेको क्लिनिकले जनाएको छ।














