
डडेल्धुरा : जिल्लाको आलिताल गाँउपालिका मकैको डाँठ कुहिने समस्याले किसान चिन्तित् बनेका छन् ।
आलिताल गाँउपालिका-५ बाहिरिसैनका करिब ७०/८० घरधुरीले हजार रोपनि भन्दा बढी क्षेत्रफलमा लगाएको मकैबालीमा डाँठ कुहिने र पात सुक्ने समस्या देखिएको स्थानिय लाल बहादुर बोहराले जानकारि दिनु भयो । ‘मकैका डाँठ र पात कुहिएर बिरूवा नै नष्ट हुनेगरेको समस्या रोकथाम नभए मकै उत्पादनमा कमि आउनेमा हामि चिन्तित् छौ बोहराले भने’ ।
यो रोग ढुशि शाकाणु तथा अजैविकबाट बिकसित हुने ‘एर्विया” भन्ने जिबाणुबाट लाग्ने गारेको आलिताल गाँउपालिकाका कृषि शाखा प्रमुख लक्ष्मण कामीले बताउनु भयो । यस रोकको नियन्त्रण बिभिन्न बिषादिहरु प्रयोग गारेर गर्न सकिने भएता पनि पुर्ण रुपमा यसको रोकथाम गर्न नसकिने र उक्त रोगले १० देखि ३० प्रतिशत सम्म उत्पादन घट्न सक्ने उनको दाबी छ ।