
डोटी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल डोटीको एकता अधिवेशन तथा बैठक आज सोमबार सम्पन्न भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक महानले नेपालका कम्युनिष्ट पार्टी टुटफुटमा मात्र रमाउँछन् भन्नेहरुको सामुन्नेमा दुई पार्टीको एकताले बलियो झापड दिएको बताए । अर्को प्रसंगमा डोटेली जनताहरू पनि राज्यसत्ताबाट उत्पिडन भएकोले सशक्त रुपमा विद्रोह गरी जनताको सत्ता स्थापना गर्नु पर्ने उनले बताए ।
अर्का वक्ता केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश कार्यालय सचिव संघर्षले पार्टी एकताको भाव प्रत्येक कार्यकर्ता र जनताको घर-घरसम्म पुराउनु पर्ने बताउनु भयो । साथै उहाँले भ्रष्टाचारी र घुसखोरीहरुको भण्डाफोर तथा जनकार्बाही क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्ने बताए ।
जिल्ला संयोजक निरजको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश संयोजक महान थिए भने अतिथिहरुमा प्रदेश कार्यालय सचिव संघर्ष र जिल्ला इन्चार्ज सन्देश थिए । सो बैठकद्वारा निरजको संयोजकत्वमा सहसंयोजक द्वय निर्मल र आकाश गरी २१ सदस्य जिल्ला कमिटी गठन गरेको छ । बैठकद्वारा जनसम्पर्क तथा भेटघाट नामक अभियान संचालन गर्ने निर्णय गरेको छ । कार्यक्रमको संचालन जिल्ला सहसंयोजक निर्मलले गरेका थिए ।