डडेल्धुरा : आलिताल गाँउपालिका वडा नम्बर ७ मा रहेको महादेव माध्यमिक विद्यालयले कक्षा११ सञ्चालनको लागि अनुमति पाएको छ।
आलिताल गाँउकार्यपालिकाको मिति २०८०/०४/०७ गते बसेको बैठकको निर्णय अनुसार विद्यालयलाई शैक्षिक सत्र २०८० देखी ११ कक्षा सञ्चालनको अनुमति दइएको पालिकाले जनाएको छ।
यस अघि महादेव माविमा ११ कळाको पढाई नहुदा बर्षेनि सयौं बिद्यार्थीहरु बाहिर जानु पर्ने बाध्यता रहेको थियो।
विद्यालयले ११ कळा पढाईको अनुमति पाएपछी त्यहाँका अभिभावक र विद्यार्थीहरु निकै हर्षित भएका छन्।