डडेल्धुरा : हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना-बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ।
भागेश्वर माध्यमिक विद्यालय भने अहिले अधिकांश अभिभावकको रोजाइमा पर्न थालेको छ । सिकाइ उपलब्धि, व्यवस्थापन र शैक्षिक गुणस्तरका हिसाबले उक्त विद्यालय अब्बल हुदै गए पछी सबैको छनोटमा पर्न गएको हो।
गाउँका सामुदायिक विद्यालयमा पढाएर बालबालिकाले के नै ज्ञान सिक्लान् र भन्ने अभिभावकको संशयलाई अहिले भागेश्वर माविले बदल्दै छ । परशुराम नगरपालिका-४ कटालको यो विद्यालय पालिका भरमै उत्कृष्ट विद्यालय पनि हो। समायनुकूलको शिक्षा विद्यालयले दिन थालेपछि यस विद्यालयमा विद्यार्थी सङ्ख्या समेत बढेको छ ।
संस्कारसहित हरियाली वातावरणमा खेल्दै सिक्दै गर्ने, पर्याप्त प्रविधि सहितको शिक्षाले अभिभावक तथा विद्यार्थीको ध्यान भागेश्वर माविमा तानिएको छ । आधुनिकताको नाममा अहिलेका बालबालिकाले आफ्ना रहनसहन, संस्कार भुल्दै गएकाले संस्कार सहित समयानुकूल शिक्षा दिने गरिएको छ । हामिले अहिले साधारण र प्राविधिकधार तर्फ पढाई सञ्चालन गरिरहेका छौ।
साधारण तर्फ कक्षा १२ सम्म र प्राविधिकधार तर्फ कक्षा ९ देखि १२ सम्म बालिबिज्ञान (आई.एस.सि.ए.जि.) पढाई भईरहेको विद्यालयका शिक्षक दुर्गा पन्तले बताउनु भयो । २०३२ सालमा स्थापना भएको विद्यालयमा २०७६ सालमा ९ कक्षामा बालिबिज्ञान अध्यापन गराउने अनुमति सहित शिक्षा मन्त्रालयको पुर्ण अनुदान समेत प्रापत गरेका थियौ। बालिबिज्ञानको उक्त ब्याज यसै बर्ष मात्रै १२ कक्षासम्मको पढाई पुरा गरेर ४५ जना विद्यार्थीलाई ओ.जे.टी. मा पठाएका छौ।
प्रयोगात्मक शिकाईको लागि हामिसंग प्रशस्त मात्रामा ल्याब सामाग्रि रहेका छन्। कृषि तर्फका बिषयलाई बढि जसो फिल्डमा सिकाई गर्नु पर्ने भएकाले विद्यालयसंगै जोडिएको २ बिघा जमिन भाडामा लिएका छौ । जसले गर्दा विद्यार्थीलाई सिकाईको लागि निकै सहज भएको उनले बताए । गरिब, विपन्न, द्वन्द्व पीडित, असहाय, एकल, अपाङ्ग, पिछडिएका वर्गका विद्यार्थीहरूका लागि विशेष छात्रबृति कार्यक्रम पनि विद्यालयमा सञ्चालन भइरहेको शिक्षक पन्तले जानकारी दिनु भयो ।
यस बर्षको एसइई परिक्षामा भागेश्वर मावि कटालले पालिकाभरमै उत्कृष्ट नतिजा ल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिंह माल (डायमण्ड) ले जानकारी दिनुभयो । परशुरामका १६ सरकारी माध्यमिक बिद्यालय मध्ये साधारण र प्राबिधिकधार तर्फ गरि ९९ जना परिक्षामा सहभागी गराएकाे भागेश्वर माबि कटाल पालिका भरकै नतिजामा अग्रपङतिमा रहेको उनले बताए । हाम्रो विद्यालयमा १० कक्षामा अध्यनरत छात्रा दिक्षा भट्टले एसइईमा ३.६ जिपिए प्राप्त गरी पालिका भरमै उत्कृष्ट नतिजा ल्याएको मालले बताउनु भयो ।
चारैतिर व्यवस्थित पर्खालभित्र हरियाली रुख बिरुवासहितको प्राकृतिक वातावरणमा बसेर उच्च शिक्षातर्फ कृषिबालीबिज्ञान शिक्षा शास्त्र, व्यवस्थापन विषयमा पठनपाठन हुन्छ । विद्यालयमा पार्टी, भवन, खुला चउर हुँदै अहिले परशुरामकै नमूना विद्यालयको रुपमा विकास हुँदैछ ।
अहिले उक्त विद्यालयमा कक्षा ११ मा साधारण तर्फ शिक्षाशास्त्र, व्यवस्थापन र प्राविधिकधार तर्फ १८ महिने कृषि पि.जे.टि.ए. गरेकाहरुको लागि आई.एस.सि.ए.जि। को लागि भर्ना आह्वान समेत विद्यालयले गरेको छ। सम्पूर्ण शैक्षिक धारमा नेपाल सरकारको पुर्ण अनुदान रहेको विद्यालयले जनाएको छ ।
यो पानि पढ्नुहोस्