धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्का पार्टीबाट निलम्बित भएका छन्।

बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका र होटलमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको बताएका थिए ।