डडेल्धुरा : जिल्लाको आलितालमा एक युवति मृत फेला परेकी छन्।
आलिताल गाँउपालिका-७ खिन्नेभाडीकी बर्ष २० की नन्दा साउद आज बिहान मृत फेला परेकी हुन् ।
दुर्गा मावि आलिताल-८ मा कक्षा- १२ मा अध्यनरत रहेकी साउद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेकी हुन् ।
घर नजिकै ५०० मिटर परको पहिरोमा नन्दा खसेको अवस्थामा बिहान ६:३० बजे फेला परेका हौ। । उनि घरबाट राति १२:३० बजे हराएकी थिइन्। रात भरि खोज्दा बिहान मात्रै पहिरोमा खसेको अबस्थामा शब फेला पारेऊ। उनि घरबाट बेपत्ता भएपछी उनिसंगै सुत्ने उनकी बहिनि १६ बर्षकी अनिताले हामीलाई खबर गरिन्। मृतक नन्दा साउदका बुवा दान बहादुर साउदले जनमुक्ति डटकमलाई बताए। चप्पल र चुन्नि पहिरोको डिलमा छ। घटना संकास्पद छ। सत्य तथ्य छानबिन हुनु पर्ने मृतक युवतिका बुवाको माग छ।
प्रहरीको टोलि घटना स्थलमा पठाईसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मनोहर प्रशाद भट्टले बताए। हामिले जिल्लाबाट नै इन्सपेक्टरको नेतृत्वमा टोलि पठएका छौ। घटना स्थल सम्म पुग्न २/३ घण्टा हिड्नु पर्ने भएकाले टोली पुग्न ढिलाई भएको उनको भनाई छ।