डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाले गत असार ३१ गते एक सुचना जारी गर्यो।
परशुराम नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रमबाट पारित भएबमोजिम आर्थिक विकास समिति अन्तर्गतको बुँदा नं ८ कृषि, पशुपालन, भुमिसुधार तथा उद्योगको उपबुदा ८.१२ मा भएको व्यवस्था अनुसार यस नगरपालिका क्षेत्रभित्र २०८०/०४/०१ गते देखी मासुजन्य प्रयोजनका लागि बाहिरबाट आयात गरिने कुखुरालाई प्रतिबन्ध लगाइने सुचनामा उल्लेख छ ।
स्थानीयले कुखुरा पालक किसानले भने नगरपालिकाको उक्त सुचना कागजमै सिमित भएको आरोप लगाईरहेका छन्।
आज मात्रै कैलालीको अत्तरियाबाट सु.प्र.प. ०१- २८८४ नम्बरको जिपले परशुरामका आमपानि, जोगबुढा र सिद्धाथानमा ब्रोइलर कुखुरा बिक्रि बितरण गर्दै गरेको फोटो र भिडियो जनमुक्ति डटकमलाई प्राप्त भएको छ।
यो बिषयमा हामिले परशुराम नगरपालिकाका मेयर भरत जोशिसंग बुझ्दा उनले भने- ‘हामिले निति तथा कार्यक्रममा मासुजन्य प्रयोजनका लागि बाहिरबाट आयात हुने कुखुरालाई साउन १ गतेबाट प्रतिबन्ध लगाउने निर्णय गरेका हौ। सोहि अनुसार सुचना पनि जारी गरेका थियौ’। कसरी र किन त्यो कुखुरा कसले ल्यायो आफुले तत्कालै प्रहरीलाई नियन्त्रण गर्न पठाउने जोशिले बताए।
यहाँको कुखुरा उत्पादनले बजार धान्न नसके पछी बाहिरबाट कुखुरा आयात गर्नु पर्ने बाध्यता रहेको स्थानिय कुखुरा तथा मासु व्यवसायीहरुको भनाई छ।
यो पनि पढ्नुहोस् …
डडेल्धुराको परशुराममा बाहिरबाट हुने मासुजन्य कुखुरा आयातमा प्रतिबन्ध