डडेल्धुरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डडेल्धुराको एकता अधिवेशन तथा प्रशिक्षण बैठक परशुरामको जोगबुढामा सम्पन्न भएको छ। संयोजक सगरको नेतृत्वमा ५९ सदस्यिय जिल्ला कमिटी गठन भएको छ।
जिल्ला सेक्रेटरी सागर बोहराको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अथिति क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सुदूरपश्चिम प्रदेश इञ्चार्ज गुणराज लोहनी रहेका थिए।
देशको बदलिदो बर्तमान राजनिति परिस्थिति र त्यसले खडा गरेको दलाल पुँजिबादी राज्य ब्यावस्था आजको नेपाली जनताको मुख्य सत्रु भएको उनले दवि गरे। यस्तो राज्य व्यवस्था जनताको नभएर मुट्ठीभर दलालहरुको भएको र त्यसका बिरुद्ध लड्नु आजको आवस्यकता रहेको उनको भनाई छ। परिवर्तनकारीहरुले वर्ग संघर्षमा जनताको साथमा सङ्गै लड्नु पर्ने भयो जनताको साथ र सहयोग बिना वर्ग संघर्ष अगाडी बड्न नसक्ने बताउनु भयो।
पार्टीले जिल्लामा भएका भ्रष्टाचार, घुसखोरी , वेथिति र लघुबित्तका बिरुद्ध संघर्ष गर्ने निर्णय गरेको जिल्ला पार्टी संयोजक सागरले बताएका छन् ।
जिल्ला कमिटी सदस्यहरुलाई क्षेत्रगत जिम्मेवारी समेत दिइएको उनले बताए। आलितालका इञ्चार्ज जिवन, परशुराम इञ्चार्ज शिखर, अमरगढी इञ्चार्ज पदम, भागेश्वर इञ्चार्ज बरुण, नबदुर्गा इञ्चार्ज नबराज, गन्यापधुरा नरजित, अजयमेरु इञ्चार्ज श्यामलाई जिम्मेवारी तोकिएको बोहराले बताए।