
धनगढी : कैलालीको अत्तरिया बसपार्कबाट एक जना निर्माण व्यवसायीकाे ११ लाख पैँसाकाे हराएको छ ।
बिहीबार बिहान अत्तरिया बसपार्कबाट बझाङ गइरहेका निर्माण व्यवसायी धनगढी उपमहानगरपालिका-३ राजपुरका बिरा भारतीकाे झाेला हराएको हाे ।
उनले बसको सिटमाथी पैसासहितको झोला राखेको थिए । टाउको दुखेपछी सिटमाथी झोला छोडेर बसपार्क नजिकैको मेडिकलमा औषधि ल्याएर आउदा झोला सानो जस्तो लागेपछि चेक गर्दा झोलाभित्रको पैसा राखेको सानो झोला नभेटाएको भारतीले बताए ।
बसमा राखेको झोलाबाट ११ लाख रकम चोरी भएको ड्राइभर र बसका यात्रुलाई खबर गरेको उनले बताए । त्यसपछि बसपार्कमा रहेको प्रहरीले तत्कालै प्रहरीलाई खबर गरेको ठेकेदार भारतीले बताए । हराएको झाेला भेटिएकाे छैन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक बासुदेव भट्टले बसमा रहेका सबै मानिसलाई तत्काल चेकजाँच गरिएपनि हराएकाे भनिएकाे झाेला फेला नपरेकाे बताए ।
भारती मजदुरहरूकाे ज्याला भुक्तानी गर्न उक्त रकम लगेर बझाङ गइरहेका थिए । उनले बुधबार मात्र धनगढीकाे सिटिजन बैँकबाट ९ लाख ९९ हजार रूपैयाँ झिकेका थिए भने एक लाख ५५ हजार खल्तीमै थियाे ।