कञ्चनपुरः कञ्चनपुरमा चार वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीवार मृत्यु भएको हो।
खेलिरहेको अबस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर डुबी बालिकाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।