
डडेल्धुरा : जिल्लाको परशुराममा नगरपालिकामा एक महिला बाटोमै सुत्केरी भएकी छिन्।
परशुराम-८ अैडुङ्रा बस्ने भरत नेगिकी श्रिमति बिमला निगिको अस्पताल लैजादै गर्दा बाटोमै सुत्केरी भएकी हुन्।
उनलाई प्रसुति पिडाले च्यापेछी स्टेचरमा बोकेर अस्पताल लैजादै गर्दा बाटोमै शिशुलाई जन्मदिनु परेको हो। सुत्केरी महिलाको घरबाट अस्पताल करिब ४ घण्टाको दुरीमा रहेको छ।
बर्षाको कारणले गर्दा अहिले परशुरामका अधिकांश साखा सडकहरु अबरुद्ध रहेका छन्।
यसरी बाटोमै सुत्केरी हुदा आमा र शिशुको लागि निकै जोखिम हुने गरेको स्थानिय बताउछन्।
गत असारमा पनि परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी थिइन्।