डडेल्धुरा : आलितालमा यतिबेला बर्षादले प्राय: सडकहरु आंसिकरुमा अबरुद्ध छन। त्यसमा पनि पालिकाको बिकट मानिने १ नम्बर वडा र २ नम्बर वडाका सडकहरु समान्य बर्षा हुदाँ पनि निकै चिप्लो र जोखिमयुक्त हुने गरेका छन्।
आज शनिवार आलिताल गाँउपालिका पञ्जिरण शाखाको टोली र नबिल बैंकको टोली बृद्ध भत्ता बाड्न आलितालको-१ मा जोखिम मोलेर पुगेको छ् ।
उक्त टोली सवार जिप चिप्लिएर नालिमा परेको आलिताल गाँउपालिकाका एम.आई.एस. अपरेटर शेर बहादुर देउवाले बताए। घटनामा हामिलाई कुनै क्षेति नभएको उनले बताए।