• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

१८ घण्टा देखि अबरुद्ध भिमदत्त राजमार्ग भोलिसम्म एकतर्फी सुचारु हुने

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन २३, २०८०
0
सुदूरका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग खानिडाँडामा भास्सियो

धनगढीः कैलालीको चुरे पहाडमा भासिएको भीमदत्त राजमार्ग आज मर्मतको काम सकिएन। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग भासिएकोमा मर्मतको काम नसकिएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार सडक भासिएको ठाउँसम्म डोजर पुगेको छैन। भासिएको ठाउँ भन्दा अत्तरिया तिर पनि पहिरोहरु भएकाले सडक मर्मतमा समय लागेको हो। मंगलवार साँझ फेरि वर्षा सुरु भएको छ। वर्षाका कारण पहिरो हठाउने काम रोकिएको छ।

सोमवार रातिको अविरल वर्षापछि पहिरोसँगै भासिएको भीमदत्त राजमार्ग सुचारु गर्न तीन वटा डोजरले काम गर्दै छन्। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग नै भासिएपछि मंगलवारबाट तराई र पहाडको यातायात अवरुद्ध भएको छ। यात्रुहरु पैदल हिडर यातायातका साधान भएको ठाउँसम्म जाने गरेका छन्। बुढीतोला क्षेत्रमा भासिएको सडकबाट मान्छे पनि हिड्न सक्ने अवस्था छैन्। बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँमा पहिरो खस्दा सडक भासिएको हो।

पहिरोले अवरुद्ध सडक खोल्न मंगलवार बिहानबाटै सडक डिभिजनको गोदावरीस्थित हेवी इक्पिमेण्ट डिभिजनका उपकरण तथा प्राविधिकहरु खटिएका छन्। तर, वर्षाका कारण सडक खोल्ने काममा बाधा आइरहेको छ ।

बुढीतोला र अत्तरिया दुबैतर्फबाट भारी उपकरणको प्रयोग गरेर छिटोभन्दा छिटो सडक सुचारु गर्ने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले बताएको छ। जमिनमुनी पनि पानीको अत्यधिक मात्रा रहेको हुनाले एकतर्फी यातायात चल्न सक्ने गरी सडक मर्मत गर्न समेत कठीन हुँदैछ। पहिरोका कारण जमिनमुनी ठूला ढुंगा र रुख रहेकाले पनि समस्या भइरहेको हो।

बुधवारसम्म एकतर्फी यातायात सञ्चालन हुने दाबी गरिएको छ। तर, मंगलवार साँझ वर्ष सुरु भएकाले अझै समस्या हुने देखिएको छ। यातायात सुचारु गर्न समय लाग्ने देखिएमा वैकल्पिक पदमार्गको प्रयोग गरेर यात्रुलाई पैदल हिड्दै यातायात भएको ठाउँसम्म ल्याउने र गन्तव्यमा पुर्याउने काम हुँदैछ।

सम्बन्धित Posts

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने
सुदूरपश्चिम

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

बैशाख ३०, २०८२
अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ
सुदूरपश्चिम

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

बैशाख २०, २०८२
डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते
सुदूरपश्चिम

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

बैशाख २०, २०८२
मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ
सुदूरपश्चिम

ढोका थुनेर भाउजुमाथि बलात्कार गर्न खोजेको आरोपमा देवर पक्राउ

बैशाख १९, २०८२
मोटरसाइकल दुर्घटनामा २२ बर्षिया युवकको मृत्यु
सुदूरपश्चिम

डोटीको बुडर नजिक मेल खोलामा इभि खस्यो, १ जनाको मृत्यु, ६ जना घाइते

बैशाख १७, २०८२
सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान
सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान

बैशाख १६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

✍️ जनमुक्ति संवाददाता
बैशाख ३०, २०८२
0

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

✍️ जनमुक्ति संवाददाता
बैशाख १९, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग