कैलाली : खैरो हिरोइन सहित बुढीतोलाबाट एक युवक पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका – ४ बुढीतोलामा प्रहरीले एक युवकको खल्ती चेकजाँच गर्दा लागुऔषध खैरो हिरोईन फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोसाकको प्रहरी टोलिले शंका लागि डोटीको जोरायल गाउँपालिका- २ बस्ने २८ बर्षीय मिन बहादुर मालीको खल्ती चेकजाँच गर्दा खैरो हिरोईन फेला परे पछि उनलाई पक्राउ गरेको हो ।
उक्त खैरो हिरोइनको तौल १३ ग्राम रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
ति युवकको साथबाट ५३ हजार रुपैयाँ र एक थान मोबाईल पनि बरामद गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।











