डडेल्धुरा: डडेल्धुराको आलितालमा एक विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ।
पालिकाको वडा नम्बर ४ कोईलानिको श्री एकता आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा परेको प्रधानाध्यापक जानकी बिष्टले बताउनुभयो।
मंगलबार रातभरको अबिरल बर्षाले विद्यालयको माथिबाट पहिरो खस्दै छ। अहिले विद्यालयमा पढाई सञ्चालन भइरहेको छ। ४ कक्षासम्म मात्रै पढाइ हुने हाम्रो विद्यालयमा साना-साना नानिबावुहरु छन्। उनिहरुलाई चोटपटक लाग्न सक्नेमा हामिलाई पिर चिन्ता छ। विद्यालयको पछाडीबाट पहिरो खस्दैछ। पहिरो झ्यालबाट कोठामा छिर्ने सम्भावना छ । माथिको पहिरो पुरै आयो भने विद्यालय भवन नै नरहने बिष्टले बताइन्।