यहाँ देश एक
भाषा अनेक किन
यहाँ पार्टी एक
भाषण अनेक किन
यहाँ शासन एक
सत्ता अनेक किन
यहाँ जनता एक
राजनिति अनेक किन
यहाँ जात दुई
जाति अनेक किन
किनकी
यो देशमा अन्याय छ
यहाँ भाषामा शोषण छ
पार्टी भित्र भ्रस्ट छन
शासन लुटेरा छ
सत्ता दलालको हातमा छ
जनता शोषणमा छन
राजनितिमा फोहोरी खेल खेल्छन
संसारमा महिला र
पुरुषमात्र जात हुन
नेपालमा विभिन्न
जातजाती र जनजाती मिलेर
बसेका छन्
त्यसैले
आउ साथी सङ्गै लड्ने
अठोट गरौ
जनताको साथ साथेै
योजनामा होमियौ
बर्ग बैरीका बिरुद्ध
संघर्ष गरौ
जनताको सत्ता मागेर होईन
खोस्नलाई डटौ
सुनौलो संसार
निर्माण गर्न
हातमा हात मिलाउदै
अगाडी बढौ
सबै सबैले
समाजवादको बाटो
पछ्याउदै हिडौ
समाजवादले मात्र
जनताको समस्या हल गर्न सक्छ
जनताको माया मुटुमा राखौ
समाजवादमा मात्र रमाउने गरौ