डडेल्धुरा: जिल्लाको परशुराम नगरपालिकामा एक बालिका मृत फेला परेकी छन् ।
परशुराम नगरपालिका वडा नम्बर १२ आमपानि बस्ने मोहन राउट्यकी १४ बर्षिया छोरी अमृता राउट्ये बुधबार मृत फेला परेकी हुन्।
आमपानि बाटको उत्तर तर्फको रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेर सम्म घर नआएपछी खोजि गर्दा उनि आज विहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताएका छन्।’ बालिकाको लुगा भिजेको छ । मुखबाट फिज आएको छ बडुले भने’।
घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।