डडेल्धुरा : डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आशंकामा एक जना पक्राउ परेका छन्।
परशुराम-१२ आमपानि बस्ने १४ बर्षिया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत फेला परेकी थिइन्। मंगलबार दिउसो अन्य साथिहरुसंगै माछा मार्न भनि खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गरिएको थियो ।
उनिसंगै माछा मार्न गएका अन्य समयमै घर आएका थिए । तर एक जना बालक मृतक अमृतासंग खोलामा अन्तिम समयसम्म सम्पर्कमा रहेका थिए । जसलाई हामीेले नियन्त्रणमा लिएका छौ। नियन्त्रण गरिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताएका छन्। पक्राउ पर्नेमा राउटे सामुदायकै रहेको बडुले बताए।
प्रहरीले शब पस्टमार्टम गरेर आफन्तको जिम्मा लगाईसकेको छ।











