डडेल्धुरा: डडेल्धुराको आलितालमा एक अपरिचित पुरुष मृत अवस्थामा फेला परेका छन्।
आलिताल-८ घुम्ति बजार बाट डोला जान बाटोमा फेला परेका हुन।
मान्छेको प्रकृति हेर्दा मृत्यु भइसकेको जस्तो देखिन्छ तर हामीले प्रमाणित गर्ने कुरा रहेन माथिबाट टोली आउदै छ त्यस पछी अस्पताल लगेर थप खुल्ने आलिताल प्रहरी चौकिका प्रमुख भुवन धामीले जानकारी दिनु भयो । आलिताल प्रहरी घटना स्थलमा पुगिसकेको धामीले बताए।
स्थानिय बाटो हिड्ने महिलाले देखे पछी प्रहरीलाई खबर गरिएको थियो ।