फर्की आऊ विद्यार्थी साथी
शैक्षिक क्रान्ति अधुरो छ !
टुटफुट खण्डित भएर होला
भबिस्य किन मधुरो छ !!
समाजवादका यात्री हामी
पुँजीवाद विरुद्ध लड्नु छ !
मालेमावादी सिद्धान्त बोकी
नौलो यात्रामा बढ्नु छ !!
फर्की आऊ विद्यार्थी साथी
शैक्षिक दलाललाई ठोक्नु छ !
पुँजी र प्रतिभा पलायन हुँदैछ
यसलाई हामीले नै रोक्नु छ !!
राज्य आज निकम्मा हुँदा
विद्यार्थी जीवन जलेको छ !
उठौँ जागौँ विद्यार्थी युबा
पुरानो पुस्ता गलेको छ !!
फर्की आऊ विद्यार्थी साथी
पुँजीवादी सत्ता ढलाउनु छ !
जनताको आफ्नो जनसत्ता छैन
कालो संविधान जलाउनु छ !!
टुटफुट अब भएर होइन
एकजुट भइ बिचार केलाउनु छ !
आशाको दियो जुटेर बालौँ
दलाल ब्यबस्था सेलाउनु छ !!
फर्की आऊ विद्यार्थी साथी
सहिदको सपना भर्नु छ !
हजारौं जन्जिर टुटाउदै हामीले
अझै अर्को क्रान्ति गर्नु छ !!
बिचलित हामी कदापि हुन्नौ
अमर भइ लड्ने छौ !
संकल्प एउटै लिएर लडे
समाजवाद ल्याइ छोड्ने छौ !!
फर्की आऊ विद्यार्थी साथी
संग संगै हिड्नु छ !
माफियाहरु झन् पेल्न लागे
मिलेर लड्नु छ !!
बिज्ञानको युगमा नेपालमा पनि
बैज्ञानिक समाजवाद होस् !
अन्तिम लडाइ लडेर अब
देखाइ दिउ युबाको जोश !!
लेखक: सुरेन्द्र धानुक
अखिल (क्रान्तिकारी)
सुदूरपश्चिम प्रदेश इन्चार्ज