डडेल्धुरा : डडेल्धुराकाे जाेगबुडा स्थित परशुराम पाेलिक्लिनिक प्रा.लि.मा यहि भाद्र ७ र ८ गते बिशेषज्ञ डाक्टर कमलेश प्रशाद यादव आउने सञ्चालक दिनेश प्रशाद जाेशीले जानकारि दिनु भएको छ ।
वीर अस्पताल, काठमाडौं ,युनाईटेड मिसन हस्पिटल पाल्पा,नेशनल मेडिकल कलेज तानसेन वाट अनुभव प्राप्त मुटु,पेट,छाति,सुगर,किड्नी,व्लड प्रेशर,नाक,कान,घाँटी,हाड जाेर्नि, महिला तथा वालवालिका राेग विशेषज्ञ डाक्टर MMBS/MD(GP&EM) कमलेश प्रशाद यादव भित्रीमधेषका नागरिककाे स्वास्थ्य जाँचका लागि भाद्र ७ र ८ गते परशुराम पाेलिक्लिनिकमा आउनु हुने सञ्चालक जाेशीले जानकारि दिए ।
परशुराम पाेलिक्लिनिक वि.स. २०७७ साल देखि डडेल्धुराकाे परशुराम नगरपालिका १२ स्थित कटाल जाने वाटाेमा सञ्चालनमा रहेकाे छ ।
उक्त पाेलिक्लिनिकमा नि:शुल्क टिकट,परामर्ष सेवा रहेकाे छ भने, सुफत मुल्यमा सबै राेगकाे उपचार र समय-समयमा विभिन्न राेग बिशेषज्ञ डाक्टर वाेलाइ यहाँका नागरिकलाई सेवा दिई रहेकाे जाेशीले गाउँघरन्युज लाई जानकारि दिए ।