डडेल्धुरा : क्रान्तिकारी युवा संगठन नेपाल डडेल्धुराले एकता भेला आलितालमा सम्पन्न गरेको छ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन ‘निकट युवा संगठनबिच हिजो बुधबार एकता भएकोछ।
क्रान्तिकारी युवा संगठन नेपाल नाम रहेको उक्त संगठनले आफ्नो एकता भेला आलिताल परिसरमा गरेको हो। भेलाबाट दिपक बोहराको संयोजकत्वमा २१ सदस्यिय जिल्ला कमिटी गठन गरेको उक्त संगठनका शुदूरपश्चिम प्रदेश संयोजक दिपेन्द्र ऐरीले बताउनु भयो।