डडेल्धुरा : डडेल्धुराको आलिताल -१ का पहिरो पीडितलाई युवा समाजसेवि विनोद बिष्टले सहयोग गरेका छन् । पहिरो पीडितलाई खानेपानी र बत्तीको अभाव भएको खबर थाहा पाएपछि उनले यँहाका २२ पीडित परिवारलाई सहयोग गरेका हुन् ।
बिष्टले पीडित परिवारलाई ५ क्वाईल प्लास्टिक पाईप र ४ बल्भ बल्ने २ ओटा सोलार सेट सहयोग गरेका छन् । असारको बर्षले पहिरो गएपछि यँहाका नागरिक पहिरो पीडित भएका थिए ।
उनीहरुले १ किलोमिटर टाढा बाट पानी बोकेर ल्याउने गरेका थिए । जुन बाध्यता अब बाट हटने स्थानीय दिपक बोहराले बताएका छन् । बिजुलीको समस्या अति नै भएकाले यसको समाधानका लागि स्थानीय सरकारले पहल चालिदिनु पर्ने स्थानीयले माग गरेकाछन् ।
आलिताल-५ घर भएका बिष्ट बिगत लामो समयदेखि समाजसेवा गर्दै आएका छन्।