डडेल्धुरा : आर्थिक अभावका कारण डडेल्धुराका यादब विष्टको उपचारमा समस्या भएको छ।
आर्थिक अभावले परशुराम नगरपालिका- १० सापासेला गाँउका भान बहादुर विष्टका छोरा यादबको उपचारमा समस्या भएको हो। ब्लड क्यान्सरबाट पीडित ८ वर्षीय यादब हाल भारतको नयाँ दिल्लीस्थित महाबिर मेडिकल कालेज एबं साफ्दरगंज अस्पतालमा उपचाररत छन्।
बुवा भान बहादुर बिष्टकाअनुसार छोरा यादब बिरामी भएपछी उनलाई धनगढीका विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्य्ममा सुधार नआएपछि चितवनको बि.पि. कोईराला क्यान्सर अस्पतालमा लगिएको थियो। त्यहाँ रिपोर्ट आउन २८ दिन जति लाग्ने भनेपछी आफु छोरालाई लिएर घर आएको उनले बताए। रोपोर्ट आएपछी छोरालाई ब्लड क्यान्सर दिखियो त्यसपछी यहाँ दिल्लिमा त्यसको उपचार ३/४ बर्ष सम्म अस्पतालमै राखेर बिरामी निको हुन्छ भन्ने सुनेर छोरोको ज्यान बचाउनको लागि दिल्ली ल्याएको भानबहादुरले बताए।
कम्तीमा लगभग ३ बर्ष सम्म छोरालाई दिल्लीको अस्पतालमा राख्नुपर्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको भान बहुदुरको भनाइ छ। उनले आफ्नो छोराको ज्यान बचाइदिन सबैलाई आग्रह गरेका छन्। आफूसँग र आफन्तले गरेको सहयोगबाट जुटाएको खर्च धनगढी र चितवनका अस्पतालमै छोराको चेकजाँचमा सकिएको उनले सुनाए ।
अस्पतालले यादबको उपचारमा ३ बर्षको दौरानमा कम्तीमा २० देखि २२ लाखसम्म लाग्ने बताएको भानबहादुरले जानकारी दिए। ‘आफूसँग भएको सबै पैसा नेपालमै छोरा चेकजाँचमा सकियो। अहिले यता डाक्टर पैसा धेरै लाग्छ भन्नु भएको छ,’ उनले भने, ‘आफूसँग भएको पैसा सकियो। ४ छोरीपछीको एक मात्रै छोरा ज्यान जोगाइदिन सबैलाई आग्रह गर्छु।’
यसरी गर्न सकिने छ सहयोग :
भान बहादुर बिष्ट (बुवा) ००९१-९६३२२३८१६२
फोन पेयी लागि : ९६३२२३८१६२
बैंकको नाम : Bank Of India
खातावालाको नाम : Krishna Bahadur Bohara
खाता नं. : ८४७९१०११०००२०७२, 847910110002072
नेपालमा सम्पर्क : ९८६५५७८२४८
राजकुमार भाट
अध्यक्ष, परशुराम नगरपालिका-१०