डडेल्धुरा : डडेल्धुराको आलिताल गाँउपालिकामा भोलि बुधबार विभिन्न विधाका सांस्कृतिक कार्यक्रमहरु हुने भएका छन्।
पालिका भित्रका बिभिन्न आमा समूह तथा महिला समूहले लोक डेउडा, मौलिक तिज गित तथा नृत्य प्रस्तुत गर्न पाउने पालिकाको जनाएको छ। कार्यक्रम भोलि ११ बजे देखी आलिताल गाँउपालिकाको प्रांगणमा हुने बताइएको छ।