डडेल्धुरा: डडेल्धुराको आलितालमा क्याम्पस स्थापनाका लागि सरोकारवालाहरुले आर्थिक सहयोग जुटाईरहेका छन्। हिजो सनिबार मात्रै पालिका अध्यक्ष र उपाध्यक्ष सहित १८ व्यक्तिहरुले आर्थिक सहयोगको घोषणा गरेका छन् । आलिताल बहुमुखी क्याम्पस संचालक समितिले आयोजना गरेको आमभेलामा उपस्थित गाउंपालिका अध्यक्ष र उपाध्यक्ष सहितले करिब ७ लाख रकम वचन दान गरेका हुन् ।
वचन दान गर्नेमा गाउंपालिका अध्यक्ष शेर सिं पार्कीले १ लाख १ हजार १ सय ११ रुपैयां दिने वाचा गरेका छन् भने पालिका उपाध्यक्षले १ लाख ११ हजार १ सय ११ रुपैयां दिने वाचा गरेका छन् । तेस्तै ८ न. वडा अध्यक्ष धन बहादुर देउबाले ५१ हजार २ सय ५५ रुपैया सहयोग गर्ने बताएका छन् भने वडा न. ५ का अध्यक्ष डम्मर ढांटले २५ हजार २ सय ५५ रुपैयां सहयोग गर्ने बताएका छन् ।
तेस्तै वडा न. ३ का वडा अध्यक्ष बल बहादुर बुढा मगरले ३० हजार ३ सय ३३ रुपैयां र वडा न. १ का अध्यक्ष यज्ञ बहादुर देउबाले २५ हजार १ सय १ रुपैयां सहयोग गर्ने बचन बोलेका छन् । पूर्व वडा न. ३ का अध्यक्ष लोकेश महराले ५१ हजार १ सय ११ रुपैयां सहयोग गर्ने बोलेका छन् । तेस्तै वडा न. ५ का पूर्व अध्यक्ष प्रकास बोहरा,क्याम्पस संचालन समितिका अध्यक्ष कृष्ण दत्त जोशी,कार्यपालिका सदस्य रमेश कामी र नेपाली कांग्रेसका नेता शिब शोबले जनहि २५ हजार ५ सय ५५ रुपैयां सहयोग गर्ने बचन बोलेका छन् । तेस्तै सहयोग गर्नेमा संबिधान सभा सदस्य हरिलाल थापा मगरले ५१ हजार १ सय ५ रुपैयां सहयोग गर्ने भएका छन् भने समाज सेवी तथा पूर्व शिक्षक पदम बहादुर डाला मगरले ३५ हजार १ सय ५५ रुपैयां क्याम्पसलाई सहयोग गर्ने वाचा गरेका छन् । तेस्तै सहयोग गर्नेमा वडा न. ८ का वडा सदस्य गणेश कुवर , ३ का वडा सदस्य मान बहादुर महरा,समाजसेवी शर्मानन्द जोशीले जनहि २५ हजार २ सय ५५ रुपैयां सहयोग गर्ने बताएका छन् । तेसै गरि समाजसेवी सुरेश रावलले २५ हजार १ सय ५५ सहयोग गर्ने बताएका छन् । आलितालमा क्याम्पस स्थापना गर्न क्याम्पस संचालन समिति गठन भई दर्ता प्रकृया समेत भई सकेको छ । क्याम्पस संचालन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले आलितालमा क्याम्पसको अभियानमा सबैले सहयोग गर्न आग्रह समेत गरका छन् ।