डडेल्धुरा : डडेल्धुराको आलिताल गाँउपालिका-६ बस्ने प्रेम बुढाकी २४ बर्षिया श्रीमती दुर्गा बुढा॒ भारतको तामिलनांढु राज्यबाट आज आईतबार बिहान फरार भएकी छन् । उनी कैलालीको गोदावरी नगरपालिका-४ बनभेडाँ बस्ने अर्जुन अधिकारीसंग फरार भएकी हुन्।
भारतको तामिलनाडुमा ५ बर्ष देखी काम गरिरहेका उनका श्रीमानले कमाएको ५ लाख नगद र ३ तोला सुन लगेर कैलालीका अधिकारीसंग फरार भएकी छन्। ३ महिना अघी मात्रै उनी भारत गएकी थिइन्। फरार महिलाबाट दुई छोरा रहेका छन्। ८ बर्षिय जेठो छोरा कैलालीको गेटामा रहेको उनको मामा घरमा रहेको र ३ बर्षिया कान्छा छोरा भारतमा बुवासंगै रहेका छन् । खोज तलासका लागी नेपाल र भारतमा पनी प्रहरीमा मुद्दा दिने तयारीमा रहेको प्रेम बुढाका आफन्त बताएका छन् ।