डडेल्धुरा : डडेल्धुराको आलितालमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
आलिताल गाँउपालिका- १ तोली बस्ने मिन बहादुर बोहराकी श्रीमति अन्दाजी ४५ बर्षिया नारु देबि बोहराको आज बिहान १० बजे तिर घर नजिकैको राष्ट्रीय बन पारीपहिरा भन्ने ठाँउमा घाँस काट्ने क्रममा भिरबारबट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
७० देखी ८० मिटर तल भिरमा खसेको अवस्थामा उनलाई जिवितै उद्दार गरियता पनि त्यँहाबाट घरसम्म ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट गांखेतका प्रमुख प्रहरी सहायक निरिक्षक भानसिंह धामीले बताउनु भयो।