डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–११ मा रहेको गौरीशंकर वालबिकास केन्द्रमा कार्यरत शिक्षिकाले पढाउँदै नपढाई तलब खाएको पाइएको छ।
राधाकृष्ण आधारभुत विद्यालय परशुराम-११ सुवाखान को मातहतमा रहेको गौरीशंकर बालविकास केन्द्रमा कार्यरत शिक्षिका सरश्वती बिष्टले तीन वर्षदेखि परशुराम नगरपालिका र शिक्षा शाखाको संरक्षणमा तलब दिइएको स्थानीयको भनाई छ।
शिक्षिका बिष्ट बिगत तीन वर्षदेखि परशुराम-११ कटौजामा रहेको उनको घरमै बस्दै आएकी छिन्। २०७२ मा स्थापना भएको उक्त बालबिकाश केन्द्रमा शिक्षिका बिष्टले २०७७ सम्म मात्रै अध्यापन गराईन्। त्यस यता उनले बिभिन्न बाहाना गर्दै पढाउन नजाने गरेको उक्त बालविकासको संरक्षक राधाकृष्ण आधारभुत बिद्यालयका प्रधानाध्यापक कृष्ण कुँवरले बाताए।
उनले भने : ‘शिक्षिका बिष्टले उक्त बालविकास केन्द्र टाढा भयो भन्दै घर नजिक हुन्छ भनेर मातृ विद्यालयलाई वास्ता नगरी ज्यामिरखालीमा रहेको पशुपतिनाथ आधारभुत विद्यालयको लागि पँहुचको भरमा त्यँहा अध्यापन गराउनको लागि नगरपालिका धाउन थालिन्। तर ज्यामिरखालीको पशुपतिनाथ आधारभुत विद्यालय मातृ विद्यालय नभएकाले उनलाई त्यँहा स्विकार्न नसकिएको हो। उनि त्यसपछी बालविकास केन्द्र पढाउन गइनन्। वाहाना बाजि गर्न थालिन्। हामीले परशुराम नगरपालिका र शिक्षा शाखालाई खबर गर्यौ। उनलाई नगर मेलमिलाप केन्द्रले राधाकृष्ण आविकै मातहतमा रहने गरी उत्तरखेडाको बालविकास केन्द्रमै राखियो। तर उनि पढाउन नगएको गुनासो स्थानियले गरे। हामी अनुगमनमा गयौ तर त्यो दिन भने पढाईरहेकै थिइन्। कुनैबेला अभिभावकले बच्चा लगाउदैनन् भन्ने गर्थिन् । स्थानियबाट पढाउन नआएको भन्ने गुनासो आयो तर उनले म त्यहीँ बालविकास पढाउन जान्छु भनि हाजिर देखाउनु भयो हामीले हाजिर अनुसार तलब दियौं। उनको हाजिर किर्ते हो भन्ने स्थानियबाट गुनासो आईसके पछी मैले शिक्षा शाखालाई समेत जानकारी गराए। हाम्रो विद्यालयको खातामा आएको उनको तलब रोक्का पनि गर्यौ । उनले बारम्बार बिभिन्न व्यक्तीबाट फोन गराउदै परशुराम नगरपालिकाका मेयर र शिक्षा अधिकृत लक्ष्मी बिष्टबाट दवाब दिन लगाएर तलब खाईराख्नु भएको छ’ कुँवरले भने।
उत्तखेडाबासी स्थानियले भने कृर्ते हाजिर गरेर उनले तिन बर्ष देखी तलब खाईरहेको तर पढाउन नआउने गरेको आरोप लगाईरहेका छन्। उनकै श्रीमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन कस्ले कारवाही गर्ने । पावर पहुँचमा छन्। हाम्रो गाँउमा २० देखी २५ जना बालवालिका छन्। उनिहरु अहिले पढाईबाट बन्चित छन्। यँहाको विकैल्पक विद्यालय भनेको आलिताल-७ खिन्नेभाडीमा रहेको माहादेव मावि हो तर त्यँहा सम्म जान ३/४ घण्टा लाग्छ । जंगलको बाटो छ साना बालबालिका पठाउन सकिदैन स्थानिय अम्मर भाटले भने।’
यस बिषयमा हामीले शिक्षिका सरश्वती बिष्टलाई बुझ्दा उनले आफ्नो हाजिर मातृ विद्यालय राधाकृष्ण आविमा पढाएर लगाएको बताइन् । तर उता प्रधानाध्यापकले भने नलगाएको दावि गरहेका छन् । बिष्टले हामीसंग थपकुराकानी गर्दै हेडसर किष्णेले लगाइदिएको हो उसैले तलब दिएको हो। उसैलाई सोध्नुहोस् भनिन्। राधाकृष्ण आधारभुत विद्यालयका प्रधानाध्यापकलाई अपमानित भाषा प्रयोगको गर्दै गैरजिम्मेवार जवाफ दिदै हेडसरलाई फोन गर्छु भन्दै हामीसंगको फोन सम्पर्क काटिन्।
उता परशुराम नगरपालिकाको शिक्षा शाखालाई हामीले ‘ नपढाएरै तलब किन दिएको ? भन्ने प्रश्नमा प्रा.स. महेश भट्टले हामीले विद्यालयले दिएको विवरण अनुसार विद्यालयलाई तलब दिइएको हो। विद्यालयले उहाँलाई तलब खुवाई दिएको होला भट्टले भने ‘ किर्ते हाजिर गर्नेलाई किन तलब खुवाएको ? भन्ने अर्को प्रश्नमा भट्टले त्यो कुरा भने आफुलाई थाहा नभएको बताए। शिक्षिका बिष्ट त्यँहा पढाउन नजाने गरेको हामीसंग पनि गुनासो आए पछी उनलाई पढाउन भनि पत्रपनि दियौ। तर उनले त्यहाँ जान मानिनन्। त्यसपछी उक्त बालविकास केन्द्रबाट उनलाई सरुवा गरीसकेको र त्यहाँ गौरीशंकर बालविकास केन्द्रमा नयाँ शिक्षक नियुक्त गर्ने नगपालिकाले जनाएको छ।
नगरपालिकाले अध्यापन गराउन भनि दिएको अल्टिमेटम पत्र