डडेल्धुरा : पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको छ । सामाजिक सञ्जालका बिभिन्न माध्यमबाट व्यक्तिको चरित्र हत्या गर्ने क्रम बढ्दो छ ।
डडेल्धुराको आलिताल गाँउपालिका एक महिला मंगलबार बिहान समान्य घरायसी झगडा भए पछी धनगढी स्थित आफ्नो दाई डम्मर साँउदको घरमा गइन् । तर यता सामाजिक सञ्जालमा सक्रिय केही फुर्सदिला युवाले ति महिला आलितालकै एक सहकारीमा कार्यरत कर्मचारीसंग भागिन् भनेर फेसबुकमा पोस्ट गरे।
सामाजिक सञ्जालमा ति कथित पोस्ट देखेर महिलाका दाई डम्मर साउदले हामीसंग सम्पर्क गरे। उनले भने ‘बहिनी मेरो घरमा छिन्। घरमा ज्वाईसंग समान्य झगडा गरेर २ दिन देखी हामीसंगै माइतिमा बस्नु भएको छ। तर हिजो देखी समाजिक सञ्जालमा केही मान्छेहरुले गलत प्रचार गरिरहेका छन् । यस्ता कुप्रचार गर्ने र सामाजिक सञ्जालको दुरुपयोग गरेर मान्छेको चरित्र हत्या गर्नेलाई कानुनी दायरामा ल्याउने साउदले बताएका छन्’।
हामीले फरार भनिएकी महिलासंग पनि कुरा गर्ने प्रयास गर्यौ । समाजिक सञ्जालको कुप्रचारले बिक्षिप्त र कायल भएकी उनले रुदै भनिन् ‘ म धनगढी आफ्नै दाईको घरमा छु। घरमा झगडा भएर अस्ती आएको हुँ’ । बढी बोल्न सकिनन्।