काठ्माणडौ : सामाजिक सञ्जालका अमर्यादित गतिविधिले देशको सुरक्षामै जोखिम बढेपछि सरकारले कडाइ थालेको छ । मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ भने प्रहरीले पनि दुरुपयोग गर्नेमाथिको कारबाहीमा कडाइ थालेको छ ।
गरेकोमा साइबर ब्युरोले आशा भारतीलाई पनि पक्राउ गरी मुद्दा दायर गरेको छ ।
त्यस्तै, नेपाली सेनाको विषयमा अनर्गल सामग्री पोस्ट गरेको आरोपमा झापाका डिल्लीराम खनाललाई पनि ब्युरोले पक्राउ गरी मुद्दा दायर गरेको छ । व्यवसायी दुर्गा प्रसाईंमाथि पनि ब्युरोले अनुसन्धान गरिरहेको छ । अन्य केही व्यक्तिहरू पनि निगरानीमा रहेको साइबर ब्युरोका प्रहरी अधिकारी बताउँछन् ।
खासगरी टिकटकमार्फत गलत सूचनाहरू फैलाउने तथा चरित्रहत्या गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ । जसमा गृह मन्त्रालयले गत साता टिकटकको सिंगापुर कार्यालयमा कार्यरत चार प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो । जसमा टिकटकमार्फत हुने गलत गतिविधि रोक्न समन्वय प्रभावकारी बनाउने छलफल भएको थियो ।
गृह मन्त्रालयले गत आइतबार विज्ञप्ति प्रकाशित गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई मर्यादित हुन आग्रह गर्दै, नत्र कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ।