डडेल्धुरा : राष्ट्रिय सभा सदस्य माननियद्वय जगत पार्की र मानिय महेश कुमार महराको पहलमा आलितालमा नेपाल टेलिकमको ‘फोरजि’ सेवा बिस्तार भएको छ।
आलिताल-७ को बलौचामा राखिएको उक्त टावरले आलितालका थुप्रै ठाँउमा काम गर्ने छ। राष्टिय सभा सदस्यद्वय पार्की र महराको सचिवालयको सिफारिसमा उक्त योजना माग गरिएको थियो । उक्त बलौचामा राखिएको टावरले आलितालको तल्लो भेग गोदाम, सैनभावर, हम्तड, डोला लगाएतका ठाँउमा काम नगरे तल्लो भेगको लागि अर्को टावर राख्ने सहमति नेपाल टेलिकम संग भएको राष्ट्रिय सभा सदस्य महेश कुमार महराले बताउनु भयो। यस्तै परशुराम-१२ को तुलाभाडीमा पनि ‘फोरजि’ सेवा बिस्तारको लागि टेन्डर भएर काम सुरु भइसकेको पनि उनले जनाए।
सो योजना समयमै सम्पन्न भएकोले आलितालबासि हर्सित भएको छन्। उक्त टावरले आज शुक्रबार देखी सेवा प्रदान गरेको स्थानिय धिरज बोहराले बताएका छन्।