डडेल्धुरा : डडेल्धुराको आलिताल गाँउपालिका –८ स्थित डोला गाँउमा मगर ढुँट भाषाको कक्षा सञ्चालन भएको छ । आज शुक्रबारबाट सञ्चालन भएको भाषा कक्षाको औपचारीक रुपमा वडा अध्यक्ष धन बहादुर देउबाले उद्घाटन गरेका हुन। कक्षा अढाई महिना सम्म चल्ने बताईएको छ।
वडा नं. ८ को आर्थिक सहयोगमा मगर ढुँट भाषा कक्षा पढाउन शुरु गरिएको हो ।
नेपाल मगर सङ्घ आलिताल-८ को वडा समितिले संस्कृति संरक्षणका लागि मगर भाषा कक्षा पढाइ शुरु गरेको भाषा प्रशिक्षक तथा नेपाल मगर संघका सुदुरपश्चिम प्रदेश सचिव पदम बहादुर डालामगरले बताए । उनका अनुसार पछिल्लो समय मगर संस्कृति, भाषा, लिपि, भेषभूषा हराउँदै गएको र यसलाई जोगाउन मगर भाषा कक्षा सञ्चालन गरिएको हो ।
उक्त कक्षामा अध्ययन गर्ने मगर समुदायका बालबालिका तथा अन्य समुदायका बालबालिकालाई पनि मगर ढुट भाषा तथा लिपिका बारेमा पढाइने छ ।
आलिताल-८ डोला गाँउमा मत्रै डेढ सय भन्दा बढी घरधुरी रहेका छन्।