डडेल्धुरा : आलिताल गाँउपालिकाद्वारा विद्यालयलाई ट्रयाकसुट वितरण गरीएको छ। पालिकाको वडा नम्बर ८ स्थित दुर्गा माध्यमिक विद्यालयमा बालबिकास देखी १२ कक्षा सम्मका सम्पुर्ण छात्ररछात्रालाई ट्रयाकसुट बितरण गरिएको वडा अध्यक्ष धन बहादुर देउबाले जानकारी दिए। पालिका सरकारको ५ लाख र वडा सरकारको ४ लाख गरी ९ लाख बजेटमा विद्यालयका सबै छात्ररछात्रालाई लुगा बितरण गरिएको उनले बताए।
एक कार्यक्रम विच विद्यालयको खेलक्षेत्रमा थप टेवा पुगोस भन्ने उदेश्यका साथ ट्रयाक सुट वितरण गरिएको आलिताल गाँउपालिकाका अध्यक्ष शेर सिंह पार्कीले बताए । उनले आगामी दिनमा पनि विद्यालय सुधारको लागि स्थानिय सरकारले थप कार्यक्रमहरु ल्याउने बताए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक नारायणदत्त जोशीले मन्तब्य रोखेका थिए । स्थानिय सरकारले विद्यालयलाई गरेको सहयोगको प्रशंसा गर्दै भोलिका दिनमा सहयोग आदान प्रदान गरिने प्रअ अधिकारीले बताए ।







