डडेल्धुरा : डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ शिल्ड पौष २२ गते देखी सुरु हुने भएको छ। आलिताल गाँउपालिकाको मंसिर २९ गते बसेको कार्यपालिका बैठकले शिल्ड २२ गते देखी सञ्चालन गर्ने निर्णय गरेको हो ।
३ दिन अर्थात २४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिका भित्रका सबै माध्यमिक विद्यालयले सहभागि हुन पाउने पालिकाले जनाएको छ ।