डडेल्धुरा : जिल्लाको आलिताल गाँउपालिकामा सञ्चालन त्रिदिवसिय ताल सरसफाई अभियन सम्पन्न भएको छ ।
रणबम गण डडेल्धुरा र आलिताल गाँउपालिकाको संयुक्त आयोजनामा भएको त्रिदिवसिय आलिताल सरसफाईको पहिलो दिन नेपाली सेना, स्थानियबासी, जनप्रनिधि, सरोकारवाला निकाय, राजनितिक दल, राजनितिक दलका भातृसंगठन, विभिन्न संघसंस्था, जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरु उपस्थित रहेका थिए ।
ताल सरसफाईको दोस्रो दिन स्थानिय, राजनितिक दल,संघसंस्था तथा राजनितिक दलका भातृसंगठन र दुर्गा माध्ययिक विद्यालयका बिद्यार्थीहरुले ताल सरसफाईको काम गरेका थिए ।
आज सोमवार अर्थात अन्तिम दिन स्थानिबासी, सामुदयिक बनका पदाधिकारी, स्यालचौडी माध्यमिक विद्यालय आलिताल-३ चौड र सरश्वती मावि आलिताल-५ भित्रीसैनले संयुक्त रुपमा तालको सरसफाई गरेका हुन् ।ताल सरसफाई कार्यक्रममा पुर्व मन्त्री पठान सिंह बोहरा लगायतका बिशिष्ठ व्यक्तीहरुको पनि सहभागिता रहेको थियो ।ताल संरक्षण तथा संवर्धनका लागि जनप्रतिनिधिहरुले एकमत राखेका छन्। सबै जनप्रतिनिधिको भनाई ताललाई जसरी भए पनि राजनितिक पुर्वाग्रह बिना प्रमुख गन्तब्य स्थल बनाउनु पर्नेमा थियो ।
दिन भर गरिएको सरसफाई पश्चात समापन कार्यक्रम गर्दै आयोजक आलिताल गाँउपालिकाले तालको सरसफाईका लागि सहभागी भएका सम्पूर्ण जनसामुदायलाई धन्यवाद व्यक्त गरेको थियो । समापन कार्यक्रमकी प्रमुख अथिति जिल्ला समन्वय समितिकी उपप्रमुख अनिता राना मगरले आलितालको प्रवर्दन तथा प्रचार प्रसारको लागि आफु जोडबलले लागिरहने बताइन् ।
कार्यक्रमको समापन गर्दै आलिताल गाँउपालिकाका अध्यक्ष शेरसिंह पार्कीले आलितालको संरक्षणका निमित्त सबै राजनितिक दल तथा सरोकारवाला निकायसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो ।
रणबम गण दह र आलिताल गाँउपालिकाको संयुक्त आयोजनामा भएको ताल सरसफाई अभियानले सबै आम जनसामुदय लगायत हामी सबैलाई ‘आलिताल बनाउनु पर्छ’ भन्ने चासो बढेको पार्कीले दावि गरे । आलिताललाई पर्यटकीय हिसाबले मुख्य गन्तब्य बनाउने उदेश्यले आफुहरुले काम गरीरहेको बताए।
यस्तै विशिष्ट अथिति रहेकी आलिताल गाँउपालिकाकी उपाध्यक्ष मैना कुमारी रावल बोहराले आलितालको संरक्षण र प्रचारप्रसारका लागि सबैसंग हातेमालो गर्दै आगाडी बढ्ने बताईन । उनले आलिताल हामी सबैको साझा सम्पत्तीभएकाले यस तालको आफनत्व पनि हामी सबैले ग्रहण गर्नु पर्नेमा जोड दिइन ।
बिशिष्ट अथिति मै रहेकी आलिताल गाँउपालिकाकी निवर्तवान उपाध्यक्ष जला कुमारी बिष्ट बोगटीले पनि आलितालको पर्वधन तथा प्रचारप्रसारको निम्ती आफु लगायत आफ्नो पार्टीले स्थानिय सरकारलाई सहयोग गर्न तयार रहेको बताईन् ।