डडेल्धुरा : डडेल्धुराको भित्रीमधेश क्षेत्रमा पर्ने रंगुन जलाधार क्षेत्रको संरक्षण गर्न डडेल्धुराका परशुराम नगरपालिका,आलिताल गाँउपालिका र डोटीको जोरायल गाँउपालिकाले ग्रामीण महिला बिकास तथा एकता केन्द्र र अक्सफाम नेपालसंग ३ बुदे समजदारी भएको छ। परशुराम नगरपालिकाका तर्फबाट मेयर भरत बडायर जोशी, उपप्रमुख बिमला महता, आलिताल गाँउपालिकाको तर्फबाट अध्यक्ष शेर सिंह पार्की, उपाध्यक्ष मैना कुमारी रावल र जोरायल गाँउपालिकाको तर्फबाट उपाध्यक्ष जमुना बोहरा, वडा नम्बर २ का अध्यक्ष बिर बहादुर दर्लामीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
रुडुकको तर्फबाट राष्ट्रीय निर्देशक डा. कृष्ण कुमार श्रेष्ठ, अक्सफामबाट सुमन गुप्ता र पदम बुढा प्राविधिक संयोजकद्वयले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा जलाधार विग्य डा. रण वहादुर रावल र सरोकारवाला अन्य निकायका व्यक्तिहरुको समेत हस्ताक्षर गरेका छन्।
उक्त जलाधार ब्यबस्थापन परियोजना रुडुक नेपाल र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालन हुने बताइएको छ। परियोजनाले रंगुन जलाधार क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरुको ब्यबस्थापन र संरक्षण तथा सहायक खोल्सा,खोल्सी साथै ताल तलैयाहरुको तथ्य र प्रमाणको आधारमा अध्ययन अनुसन्धान गरि जलाधार द्वन्द्व रुपान्तरण सम्बन्धी नमुना कार्य गर्ने रुडुक डडेल्धुराका प्रतिनिधि शिबराज भट्टले बताएका छन्। उक्त परियोजनाकाले रंगुन आसपासका क्षेत्रहरुमा पानि सम्बन्धी कार्य गर्ने भट्टले बताए । सबै संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मंगलबार आलिताल गाँउपालिकाको सभाहलमा एक कार्यक्रमका बिच समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । 
यस्तो भनिएको छ समझदारी पत्रमा
रङुन जलाधार क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरुको ब्यबस्थापनमा हामी पाँच वटै साझेदार निकायहरु परशुराम, आलिताल, जोरायल, रुडुक र अक्सफमले समन्वयकारी भुमिकाका साथ कार्यक्रम गर्न पहल कदमी गर्ने छौं । तेस्तै अर्को बुदामा भनिएको छ । रंगुन जलाधार संरक्षण, प्राकृति स्रोतको समुचीत उपयोगका साथै जिविकोपार्जन प्रबर्द्धन मुलक कार्यक्रममा समन्वयकारी भुमिका मार्फत स्थानिय समुदायलाई समेत लाभान्वित हुने किसिमका कार्यक्रम हरु संचालन गर्नमा सहकार्य गर्नेछौं । अन्तमा रङुन जलाधार र यस अन्तर्गतका सहायक खोल्सा,खोल्सि र ताल तलैयाहरुको तथ्य र प्रमाणको आधारमा अध्ययन अनुसन्धान गरि जलाधार द्वन्द्व रुपान्तरण सम्बन्धी नमुना कार्यहरुको कार्यान्वयन गर्न हामी साझेदारी गर्ने समझदारी पत्रमा उल्लेख छ।











