डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाको आयोजनामा भएको पाँचौँ राष्ट्रपति शिल्ड प्रतियोगिता सकिएको छ। रनिङ शिल्डको उपाधि मणिलेक माविले जितेको छ। यो संगै मणिलेक माविले अजयमेरु गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि चौथो पटक प्राप्त गरेको हो । मणिलेक माविले दश स्वर्ण, दश रजत र चार कास्य गरी कुल २४ पदक सहित प्रथम भएको छ ।
प्रतियोगितामा १० स्वर्ण, ६ रजत र १२ कास्य गरी २८ पदकसहित सहश्रलिङ माध्यमिक विद्यालय दोस्रो स्थानमा आएको छ। भद्रपुर मावि तेस्रो स्थानमा स्थानमा आएको छ । भद्रपुरले दश स्वर्ण, एक रजत र चौंध कास्य गरी २५ पदक प्राप्त गरेको छ।
विजेता बनेको मणिले माविले गत वर्षको रनिङ शिल्ड यो वर्ष पनि आफ्नो पक्षमा पार्दै प्रथम ट्रफी पनि उचालेको छ। दोस्रो र तेस्रो बनेका विद्यालयले पनि ट्रफी पाएका छन्। पहिलो, दोस्रो र तेस्रो बनेका विद्यालयहरूलाई गाउँपालिकाले नगद पुरस्कार स्वरूप क्रमशः ३५ हजार, २५ हजार, २० हजार रुपैयाँ प्राप्त गर्ने छन्।