डडेल्धुरा : डडेल्धुराको परशुराममा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्ररियोगिता सुरु भएको छ ।
नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिहिबारबाट परशुराम रंगमैदानमा सुरु भएको हो ।
प्रतियोगितामा परशुराम नगरपालिका भित्रका १६ सामुदायिक विद्यालयबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ। जस मध्ये शिबशंकर मावि परशुराम-७ साँदनी प्रतियोगितामा सहभागि भएको छैन।
आज जोगबुढा स्थित परशुराम रंगमैदानमा सुदूरपश्चिम प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहराले प्रतियोगिताको उद्घाटन गरे। उनले खेलकुद खेलाडीहरुका लागि निकै महत्वपुर्ण रहेको बताए । यसले खेलाडीहरुको आत्मसम्मान र समाजिक सम्मान प्राप्त गर्ने बोहराले बताए ।
रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहको अध्यक्षता परशुराम नगरपालिकाका नगरप्रमुख भरत जोशीले गरेका थिए । उनले खेलमा हारजित भन्दा खेलाडीहरुलाई खेलमा सहभागि हुनुनै ठुलो कुरा रहेको बताउनु भयो । अहिलेको हारले आगामी दिनमा सिकेर जित्ने गरी आउन जोशीले आग्रह गरे ।
उद्घाटन समारोहमा बोल्दै परशुराम नगरपालिका नगर उपप्रमुख बिमला महताले खेलाडीहरुले आफुभित्र रहेको प्रतिभालाई खेल मार्फत प्रदर्शन गरेर कोही प्रथम भएर गएता पनि हार हुने विद्यार्थी भाईबहिनीहरुले केही न केही सिकेर जानेमा विश्वास रहेको बताउनु भयो ।
रनिङ शिल्ड आज बिहिबारबाट आईतबार अर्थात पौष २१ गते सम्म चल्ने पालिकाले जनाएको छ ।