डडेल्धुरा : जिल्लाको आलिताल गाँउपालिकालको वडा नम्बर ३ ले जेष्ठ नागरिकलाई न्यानो लुगा बितरण गरको छ।
वडाले विक्रमसम्वत् २०१२ साल सम्मका ५० जना जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो कम्बल वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमका बिच जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको हो ।
कार्य
कार्यक्रमका प्रमुख अथिति आलिताल गाँउपालिका अध्यक्ष शेर सिंह पार्कीले जेष्ठ नागरिक समाजका धरोहर र मार्ग दर्शक भएकोले उनिहरुको सम्मान तथा हेरचाह गर्नुपर्ने सबैको दायित्व रहेको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आलिताल गाँउपालिकाकी उपाध्यक्ष मैना कुमारी रावलले जेष्ठ नागरिक हाम्रो समाजका अग्रज तथा समान्नित व्यक्तित्व रहेकाले उहाँहरुलाई हामी सबैले उच्च र सम्मानित ठाँउमा राखेर सम्मान गर्नु पर्ने बताइन् । जेष्ठ नागरिकको सरल्लाहमा नै हामी र हाम्रो समाज अगाडी बढीरहेको उनको भनाई छ ।











