डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा सर्वाधिक धनराशिको खुला भलिबल प्रतियोगिता आयोजनाका लागि स्थानीयहरूले स्वस्फूर्त चन्दा दिइरहेका छन्।
भागेश्वर माध्यामिक विद्यालय कटालको आयोजनामा त्यहाँ सर्वाधिक धनराशिको पुरुष र महिला खुला भलिबल हुँदैछ। त्यसका लागि स्थानीयहरूले स्वस्फूर्त चन्दा दिइरहेका हुन्।
५ दिनको अवधिमा साँढे पाच लाख बढी चन्दा संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए। यस क्षेत्रमा भलिबल खेलको विकास र विस्तार गर्नका लागि सबैले चन्दा दिइरहेको उनले बताए। उनका अनुसार तीन दिनमा ५ लाख ६८ हजार ७ सय ७३ रुपैयाँ संकलन भएको छ।
चन्दा दिनमा परशुराम नगरपालिका नगरप्रमुख भरत बडायर जोशीदेखि शिक्षक, व्यापारी, स्थानीयबासी सहित हाल सम्म १०६ जनाले चन्दा दिइसकके । विद्यालयको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा माघ १२ देखि १५ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ।
पुरुष खुला भलिबलको विजेताले एक लाख ५१ हजार एक सय ११, उपविजेताले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क पाँच हजार राखिएको छ।
यस्तै, खुला महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११, द्वितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क तीन हजार तोकिएको छ। माघ २ देखि ११ गतेसम्म कार्यालय समयभित्र टिम दर्ता गराइसक्नुपर्ने