• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

तेस्रोपटक रनिङ्ग शिल्डको ‘ह्याट्रीक’ उपाधी उचाल्न सफल दुर्गा मावि

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस २४, २०८०
0
तेस्रोपटक रनिङ्ग शिल्डको ‘ह्याट्रीक’ उपाधी उचाल्न सफल दुर्गा मावि

डडेल्धुरा : आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा माध्यमिक विद्यालयले लगातार तेस्रोपटक पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै दुर्गा माविले शिल्डमाथि कब्जा जमाएको हो।यसअघिका दुई संस्करणमा पनि दुर्गा मावि प्रथम भएको थियो। दुर्गा माविले २६ स्वर्ण, १३ रजत र ८ कास्य गरी कूल ४८ पदक प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष शेरसिंह पार्की र गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले दुर्गा माविलाई शिल्ड हस्तान्तरण गरे। आलिताल–४ घरेलुमा रहेको कृष्णकालिका मावि द्वितीय भएको छ। उसले ८ स्वर्ण, ८ रजत र १४ कास्य गरी कूल ३० पदक जित्यो। प्रतियोगितामा तृतीय भएको महादेव मावि खिन्नेभाडीले ५ स्वर्ण, ७ रजत र ८ कास्य गरी ३० पदक हात पारेको खेल सञ्चालन समितिका सदस्य सचिव इन्द्रबहादुर साउँदले जानकारी दिए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। प्रतियोगिताको समापन गर्दै गाउँपालिका अध्यक्ष पार्कीले यसवर्षको रनिङ शिल्ड भव्य रूपमा सम्पन्न भएको दाबी गरे। उनले पालिकाले आफ्नै खेल मैदानमा अर्को वर्ष पनि थप व्यवस्थित तरिकाले प्रतियोगिता गर्ने बताए।

विजेता टिमहरूलाई बधाई दिँदै अध्यक्ष पार्कीले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले प्रतियोगिताभर विद्यार्थीहरूले सभ्य र अनुशासित ढंगले सहभागिता जनाएको भन्दै उनीहरूको प्रशंसा गरे।

आलिताल गाउँपालिकाको आयोजना तथा दुर्गा माविको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगितामा पालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको थियो। छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते र उसुमा गरी चार सय बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग