डडेल्धुरा : डडेल्धुराको परशुराममा भोलि देखि वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।
नगरपालिकाको वडा नम्बर १० को आयोजनामा भोलि मंगलबारबाट सुरु हुने प्रतियोगितामा पुरुष तर्फ २५ हजार प्रथम पुरस्कार , १५ हजार द्वितिय पुरस्कार र १० हजार तृतिय परस्कार रहेको छ महिला तर्फ १५ हजार प्रथम पुरस्कार, १० हजार द्वितिय पुरस्कार, ५ हजार तृतिय पुरस्कार राशी रहेको वडा अध्यक्ष राजकुमार भाटले जानकारी दिएका छन् ।
प्रतियोगिता भोलि बिहान १० बजे उद्घाटन गरिने बताइएको छ । 











