डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिलका-१० मा वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । आज मंगलबारबाट सुरुभएको प्रतियोगिता पर्सि बिहिबार सम्म चल्ने बताइएको छ ।

प्रतियोगितामा पुरुष तर्फ ६ टिम रहेका छन । महिला तर्फ ५ टिमको सहभागिता रहेको उक्त भलिबल प्रतियोगिता नवनिर्मित चिल्लेपानी खेलमैदानमा भइरहेको वडा अध्यक्ष राजकुमार भाटले बताएका छन्।
नगरपालिकाको वडा नम्बर १० को आयोजनामा भोलि मंगलबारबाट सुरु हुने प्रतियोगितामा पुरुष तर्फ २५ हजार प्रथम पुरस्कार , १५ हजार द्वितिय पुरस्कार र १० हजार तृतिय पुरस्कार रहेको छ महिला तर्फ १५ हजार प्रथम पुरस्कार, १० हजार द्वितिय पुरस्कार, ५ हजार तृतिय पुरस्कार राशी रहेको अध्यक्ष भाटले जानकारी दिएका छन् ।











