डडेल्धुरा : डडेल्धुराको परशुराममा माघ १६ गते आउँदो मंगलबार देखि वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।
नगरपालिकाको वडा नम्बर १२ को आयोजनामा हुने प्रतियोगितामा पुरुष तर्फ १५ हजार प्रथम पुरस्कार , १० हजार द्वितिय पुरस्कार र ५ हजार तृतिय पुरस्कार रहेको छ महिला तर्फ पनि १५ हजार प्रथम पुरस्कार, १० हजार द्वितिय पुरस्कार, ५ हजार तृतिय पुरस्कार राशी रहेको वडा अध्यक्ष महाबिर कामीले जानकारी दिएका छन् । टिम दर्ता कार्यालय समयभित्र माघ १५ गते सम्म गर्न सकिने बताइएको छ।
माघ १६ अर्थात् आउदो मंगलबार सहिद दिवसका दिन उद्घाटन हुने उक्त खेल ३ दिन सम्म परशुराम रंगमैदानमा चल्ने कामीले बताएका छन्।
परशुराम नगरपालिका -१२ को सुचना












