डडेल्धुरा : जिल्लाको आलिताल गाँउपालिकाले जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।
पालिकाको वडा नं ३ ले आफ्नो वडा भित्र रहेका जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा गर्ने भएको हो । माघ १४ र १५ गते नबिल बैंकमा बृद्ध भत्ता बुझ्न गएका जेष्ठ नागरिकहरुको सहजताका लागि सोही दिन स्वास्थ्य बिमा पनि गरिने वडा सचिव प्रकाश पुनमगरले जानकारी दिएका छन् ।
जेष्ठ नगरिकलाई नेपाल सरकारले देशै भरि स्वास्थ्य बीमा निःशुल्क गरेको छ ।
वडा नं. ३ बाट जारी सुचना