डडेल्धुरा : डडेल्धुराको भित्रिमधेशमा पर्ने भागेश्वर माध्यमिक विद्यालय परशुराम -४ कटालले पर्खालमा पर्यटकिय स्थल झल्किने चित्र बनाउन थालेको छ । जोगबुढाबाट परशुराम धाम जाने सडक छेउमै रहेको उक्त विद्यालयले वाल पेन्टिङ गरेर भित्रिमधेशको आलिताल गाँउपालिका र परशुराम नगरपालिकामा रहेका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको चित्रले पर्खालहरु सुसज्जित बनाउन थालेको छ ।प्रचार प्रसारको अभावमा रहेका यस क्षेत्रका ‘आलिताल’ ताल, वोडाताल, भागेश्वर धुरा मन्दिर र परशुराम धाम लगायतलाई वाल पेन्टिङमा बिषेश महत्व दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिंह माल ‘डायमण्ड’ ले बताए । उनले यस विद्यालयमा पढ्ने साना९साना नानिबावुहरु वाल पेन्टिङले यहाँ भएका धार्मिक तथा पर्यटकिय स्थलहरुका बारे जानकार हुनेमा विश्वास व्यक्त गरे ।
विद्यालयको बार्षिक उत्सवको अवसर पारी माघ २२ गतेबाट हुन लागेको डेढ लाख राशीको खुल्ला भलिबल प्रतियोगितामा देशका बिभिन्न ठाँउबाट खेलाडी आउने भएकाले यस वाल पेन्टिङले उनिहरुलाई पनि यस क्षेत्रको बारेमा जानकारी हुने मालले बताए ।
यो पनि पढ्नुहोस् …
डडेल्धुराको परशुराममा डेढलाख पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिता हुने