डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिकामा वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । आज शुक्रबार एक कार्यक्रमका बिच सुरु भएको प्रतियोगिता भोली शनिबार सम्म चल्ने बताइएको छ ।
उद्घाटन समारोहमा सहभागी प्रमुख अथिति परशुराम नगरपालिकाकी उपप्रमुख बिमला कुमारी महताले ‘वडाबाट आयोजना हुने खेल खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेल जगतमा पाइला टिकाउने कडी रहेको बताईन्।
उनले खेलाडीहरुलाई अनुशासनले थप उचाईमा पुर्याउने भएकाले प्रतियोगिता सहभागी खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न पनि अनुरोध गरिन् ।
प्रतियोगितामा पुरुष तर्फ ५ टिम रहेका छन । महिला तर्फ ४ टिमको सहभागिता रहेको उक्त भलिबल प्रतियोगिता जनज्योती माध्यमिक विद्यालय परशुराम(९ गाईबाँधेको प्रांगणमा भइरहेको वडा अध्यक्ष देब बहादुर बोहराले बताएका छन्।
नगरपालिकाको वडा नम्बर ९ को आयोजनामा सुरु भएको प्रतियोगितामा पुरुष तर्फ २५ हजार प्रथम पुरस्कार , १५ हजार द्वितिय पुरस्कार र १० हजार तृतिय पुरस्कार रहेको छ महिला तर्फ १५ हजार प्रथम पुरस्कार, १० हजार द्वितिय पुरस्कार, ५ हजार तृतिय पुरस्कार राशी रहेको अध्यक्ष बोहरालेल जानकारी दिएका छन् ।











